सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाईकल एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् । वीरेन्द्रनगर नगरपालिका १२ चाँदनीचोक स्थित बजार देखि सहकारीचोक तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ प ५२५१ नम्बरको मोटरसाईकल र विपरित दिशा तर्फ जाँदै गरको कर्णाली प्रदेश ०२००१ प २५११ नम्बरको मोटरसाईकल बिहिवार बिहान ८ बजेको समयमा एक आपसमा ठाक्किदा वीरेन्द्रनगर नगरपालिका १३ का अन्दाजी ४५ वर्षिय तिलक ढकाल घाईते भएका हुुन् ।
उनको नाक र शरिरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाईते भएका ढकाललको प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको छ । प्रहरीका अनुसार अर्का मोटरसाईकल चालक वीरेन्द्रनगर नगरपालिका १२ का अन्दाजी २३ वर्षिय कमल परियार घाईते ढकाललको उपचारमा संलग्न रहेका छन् । हाल दुबै सवारी साधन ट्राफिकको नियन्त्रणमा रहेको र उक्त घटना स्थलमा प्रहरी सहायक हवलदार जय वीर बिकको कमाण्डमा २ जना पहरकिो टोली खटिएको छ ।