२०८३ वैशाख २ , बुधबार

पूर्वसभामुख महरा र छोरा राहुलविरुद्ध ७ करोड भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गराएको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले महरा र उनका छोरा राहुल महरा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यस प्रकरणमा सहसचिव अरुण पोखरेल समेत प्रतिवादी बनाइएका छन्। विशेष अदालत का प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार उक्त मुद्दा दर्ता प्रक्रियामा रहेको छ। अख्तियारले चिनियाँ तस्करसँगको मिलेमतोमा भेपभित्र सुन तस्करी गराइएको भन्दै करिब ७ करोड रुपैयाँ बराबरको बिगो दाबी गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार