२०८३ वैशाख २ , बुधबार

श्रममन्त्री दीपक साह पदमुक्त, स्वास्थ्य मन्त्री मेहतालाई चेतावनी



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। पार्टीको सिफारिसअनुसार प्रधानमन्त्रीले साहलाई पदबाट हटाएका हुन्। रवि लामिछाने नेतृत्वको दलका तर्फबाट मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै उनलाई फिर्ता बोलाउन प्रधानमन्त्रीलाई पत्र पठाइएको थियो।

साहले आफ्नी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त गर्ने निर्णय गरेपछि विवादमा तानिएका थिए। पृष्ठभूमि र निर्णय दुवै विवादित बनेपछि प्रधानमन्त्रीले उनलाई हटाउने निर्णय गरेका हुन्। उनी करिब १३ दिनअघि मात्रै मन्त्रीमा नियुक्त भएका थिए।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराइएको छ। गम्भीर विषयमा अपेक्षित जिम्मेवारी नदेखाएको भन्दै रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष चेतावनी दिन सिफारिस गरेका थिए। सोही आधारमा प्रधानमन्त्रीले मन्त्री मेहतालाई सचेत गराइसकेको जनाइएको छ।

प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार