२०८३ वैशाख २ , बुधबार

सभामुख डीपी अर्यालका तीन गाडी कारबाहीमा



काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालका तीन वटा गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। बुधबार थापाथलीबाट सिंहदरबारतर्फ जाने क्रममा लेन क्रस गरेपछि उनका गाडी कारबाहीमा परेका हुन्। ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर चिट काटेको जनाएको छ। सभामुखका अगुवापछुवा गाडीलाई समेत चिट थमाइएको छ।

यसअघि भीभीआईपी सवारीसाधनलाई लेन क्रसका विषयमा कारबाही हुने प्रचलन थिएन। तर गृहमन्त्री सुधन गुरुङले ट्राफिक नियम सबैका लागि समान रूपमा लागू हुने स्पष्ट पार्दै भीआईपीका कारण सर्वसाधारणले सास्ती भोग्न नपर्ने व्यवस्था गर्न निर्देशन दिएका थिए। बुधबार थापाथली क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्दै सभामुखको सवारी सिंहदरबार पुगेको थियो। त्यसपछि ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर कारबाहीस्वरूप चिट काटेको हो।

प्रकाशित मिति : २०८३ वैशाख २ गते बुधबार