सुर्खेत। जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका ४२ वर्षीय इन्द्रबहादुर नेपाली पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे घर भई हाल काठमाडौं महानगर क्षेत्र नजिकै नागार्जुन नगरपालिका–२ पानधारामा बस्दै आएका उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्यूरो बाट खटिएको टोलीले उनलाई पानधाराबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उच्च अदालत पाटन को २०८१ असार ३० गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा उनलाई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।
फैसला पछि फरार रहेका उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर मा पेश गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ वैशाख २ गते बुधबार