२०८३ वैशाख २ , बुधबार

कर्णाली सम्भावनाको खानी भएपनि सुनको थालीमा भीख माग्न बाध्य छौं : सांसद बुढा



जाजरकोट। जाजरकोटबाट निर्वाचित नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले कर्णाली सम्भावनाको खानी भएपनि सुनको थालीमा भीख माग्न बाध्य भएको बताएका छन्। शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवको सातौं संस्करणमा कर्णालीका सुइना सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘कर्णाली हाइड्रोको हव हो । नलसिंगाड, जगदुल्ला, फुकोट, अपरकर्णाली जस्ता हाइड्रो पावरहरु कर्णालीमा छन्,’ उनले भने, ‘यी आयोजनालाई पुर्णता दिन पहल गर्नुपर्ने छ।,’ सांसद बुढाले जडीबुटीको सम्भावनालाई उजागर गरेर त्यसको बजारिकरण र औद्योगिकीकरणमा पहल गर्नु आफ्नो पहिलो भूमिका हुने दावी गरे ।

यसमा कर्णालीबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु सामुहिक भावनाबाट अघि बढ्नुपर्नेमा उनले जोड दिए। प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका अन्य जिल्लामा जाने बाटो, स्कुलका भवन हेर्दा केही परिवर्तन भए पनि जे हुनुपथ्र्यो, त्यो नभएको उनको भनाई थियो । कर्णली विकासका दुई आधार भेरी कोरिडोर र कर्णाली कोरिडोरलाई पूर्णता दिन संसदमा सशक्त आवाज उठाउने बुढाले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार