२०८३ वैशाख २ , बुधबार

वीरेन्द्रनगरको सुब्बाकुनाबाट लागुऔषधसहित एक युवक पक्राउ



बरामद गरिएको लागुऔषध

सुर्खेत। सुर्खेतमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।आज (बिहीवार) साँझ करिब ५ बजेको समयमा वीरेन्द्रनगर–११ सुब्बाकुना चेकपोष्टमा गरिएको सवारी चेकजाँचका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको संयुक्त टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ००५४ नम्बरको फोर्स गाडी जाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो।

चेकजाँचका क्रममा गाडीमा सवार वीरेन्द्रनगर–१० बस्ने २९ वर्षीय बिशाल खाँण ठकुरीको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पोका र १ पुडिया गरी करिब ७ ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए। उनका अनुसार उक्त पदार्थसहित ठकुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार