
जुम्ला । चट्याङ लागेर जुम्लामा भएक जनाको मृत्यु भएको छ । बुधबार साँझ चट्याङ लागेर हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय छोटा खर्क पाटनमा बुधबार साँझ एनसेल टावरनजिक चट्याङ लागेर गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन् । घाइतेक दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर केही भेडाबाख्रा मरेको भए पनि संख्या भने यकिन नभएको प्रहरीले जनाएको छ ।
त्यस्तै चन्दननाथ नगरपालिका–१० बोहरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा पनि हिजै परेको चट्याङमा परी १२ वटा खसी र बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार