२०८३ असार १८ , बिहीबार

श्रम संस्कृति पार्टीका नेता ठाकुर निलम्बित



काठमाडौं ।  श्रम संस्कृति पार्टीले मधेश प्रदेशका नेता दीपक जंग ठाकुरलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले नेता ठाकुरलाई निलम्बन गरेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् ।

पार्टीको नीति तथा सिद्धान्तविपरीत विभिन्न सामाजिक समस्या सिर्जना हुने गतिविधिमा संलग्न रहेको ठहर गर्दै ठाकुरलाई आजकै मितिदेखि लागू हुने गरी निलम्बन गरिएको पार्टीले जनाएको छ । अध्यक्ष साम्पाङले अर्को सूचना जारी नभएसम्म ठाकुरसँग पार्टीसम्बन्धी कुनै पनि गतिविधि नगर्न तथा नगराउन पार्टी पंक्ति र सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार