२०८३ असार १८ , बिहीबार

पत्रकार केशवराज पराजुलीको निधन



काठमाडौं । पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित निवासमा गएराति निधन भएका पराजुलीको विहीवार सेती नदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिएको
छ ।

उनी २०४० देखि प्रकाशन सुरु भएको जनमत दैनिकको संस्थापक सम्पादक थिए । विभिन्न पत्रपत्रिकामा पराजुलीका खोजमूलक लेखरचना तथा केही कृति प्रकाशित छन् ।

पोखराको पत्रकारिता, शिक्षा र सामाजिक क्षेत्रमा उनको योगदान रहेको छ । पराजुलीका एक छोरा र चार छोरी छन् । उनको निधनमा नेपाल पत्रकार महासंघ, कास्कीले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार