
दैलेख । दैलेखमा मिनीबस कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका (७) स्थित कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो ।
प्रहरीका अनुसार गाडी सडकबाट ४०० मिटर तल खसेको छ । घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । अन्य यात्रुको अवस्था अज्ञात छ । गाडीको कति जना सवार थिए भन्ने पनि खुलेको छैन ।
प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार