२०८३ वैशाख ५ , शनिबार

छतबाट खसेर घाइते भएका माधव नेपालका भाइ सरोजको निधन



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ। शनिबार शंखमूलस्थित एक कफी शपको छैटौं तलाबाट खसेर घाइते भएका उपाध्यायको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। प्रहरीका अनुसार घटनालगतै उनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो। सिभिलबाट उनलाई न्युरो अस्पताल रिफर गरिएको थियो। उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन्।

प्रकाशित मिति : २०७९ फागुन २० गते शनिबार