काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको पनौती आसपास केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काभ्रेसहित छिमेकी जिल्लामा महसुस भएको छ ।
प्रकाशित मिति : २०७९ फागुन २१ गते आइतबार