२०८३ वैशाख ५ , शनिबार

ओखलढुंगामा जीप दुर्घटना दुई जनाको मृत्यु



ओखलढुंगा । चिसंखुगढी नगरपालिका ३ दियालेमा आइतबार बिहान एउटा यात्रुबहाक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय ओखलढु्गांका प्रहरी प्रमुख डिएसपी दिपकबहादुर केसीका अनुसार सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए। घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका(३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठको मृत्यु भएको हो। केसीका अनुसार घाइतेलाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।

प्रकाशित मिति : २०७९ फागुन २१ गते आइतबार