२०८३ वैशाख ५ , शनिबार

पूर्वमाओवादीहरूलाई एक ठाउँमा आउन प्रचण्डको आह्वान



काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरूलाई एक ठाउँमा आउन आह्वान गरेका छन् । आइतबार काठमाडौंमा आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत अरू नेताहरूमाझ प्रधानमन्त्री प्रचण्डले एक ठाउँमा आउन आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको बताए । अहिले पनि प्रतिक्रियावादी शक्तिहरु सक्रिय भएर आफूहरुविरुद्ध लागिरहेको बताउँदै उनले पूर्वमाओवादीहरु एक ठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने माओवादीले फेरि विजययात्रा सुरु गर्ने दाबी गरे ।

प्रकाशित मिति : २०७९ फागुन २१ गते आइतबार