२०८३ वैशाख ५ , शनिबार

नुहाउने क्रममा नहरमा डुबेर दुई जनाको मृत्यु



बाँके। नहरमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कोहलपुर नगरपालिका १२ का १५ वर्षीय अनिल भट्टराई र १५ वर्षीय मनसुन बराल रहेका छन् । कोहलपुर नगरपालिका १३ बन्दास्थित नहरमा नुहाउने क्रममा मंगलबार दिउँसो उनीहरु बेपत्ता भएका थिए । उनीहरु बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको उद्धार गरी मेडिकल कलेज कोहलपुर पठाएको थियो । उनीहरु दुबै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फागुन २३ गते मंगलबार