२०८३ वैशाख ५ , शनिबार

विद्यादेवी भण्डारीको राष्ट्रपति कार्यकाल गौरवपूर्ण : ओली



काठमाण्डौंँ । एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको नेतृत्व दिनु गर्वको विषय भएको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले आज गरेको कार्यक्रममा ओलीले विद्यादेवी भण्डारीले सात वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको भन्दै प्रशंसा गरे । ‘विद्यादेवी भण्डारीजस्तो नेतृ तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियत सफलतापूर्वक नेतृत्व गर्नुभयो ।

यसमा हामीले गौरव गर्नुपर्छ,’ उनले भने । भण्डारीले प्रथम महिला राष्ट्रपतिका रूपमा गौरवपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । तर, राजनीतिक स्वार्थ प्रेरितहरूले आफ्नो संकीर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको समेत मर्यादा नगरेर बकवास गर्ने गरेको टिप्पणी ओलीको छ । उनले पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको चर्चा गरे ।

प्रकाशित मिति : २०७९ फागुन २४ गते बुधबार