२०८३ वैशाख ५ , शनिबार

सातै प्रदेशमा महिला क्यान्सरको निःशुल्क उपचार प्रवन्ध मिलाउँछौ : प्रधानमन्त्री ‘प्रचण्ड‘



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले देशका सातै प्रदेशमा महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क उपचारको व्यबस्था मिलाउने बताएका छन् । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महिलाको क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताएका हुन् ।‘सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ’, प्रधानमन्त्रीले भने । साथै पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ।’ प्रधानमन्त्री प्रचण्डले करिब ३४ प्रतिशत प्रजनन् उमेर समूहका महिलाहरूमा देखिएको रक्त अल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम पनि सञ्चालन गरिने बताए ।

प्रकाशित मिति : २०७९ फागुन २४ गते बुधबार