२०८३ वैशाख ५ , शनिबार

राष्ट्रपति निर्वाचन : मतदानस्थलमा मोबाइल प्रतिबन्ध



काठमाडौं ।  आज हुन गइरहेको राष्ट्रपति निर्वाचनमा मतदाताहरूलाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाइएको छ । निर्वाचन आयोगले यदि मतदाताले मतदानस्थलमा मोबाइल लगे जफत गर्ने र कसुर गरेको ठानी कारबाही गर्ने जनाएको छ । मतदान स्थलभित्र मोबाइलका साथै, लाइटर, हातहतियारजस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि सामान लैजान नपाईने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए । राष्ट्रपतिमा गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिष्पर्धामा छन् ।

यो तेस्रो राष्ट्रपति चयनका निर्वाचन हुँदै छ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तय गरेको छ । राष्ट्रपति चयनका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुले मतदान गर्ने छन् । उनीहरुलाई छुट्टा छुट्टै स्थानमा मतदानको ब्यवस्था मिलाइएको आयोगले जनाएको छ । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको हलमा मतगणना सुरू गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने मूख्य निर्वाचन अधिकृतृ शर्माले बताए ।

प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार