काठमाण्डौँ । नेकपा एमालेबाट राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङले सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् । राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न संघीय संसद भवन नयाँ बानेश्वरस्थित मतदान केन्द्र पुगेका नेम्वाङले पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले आफू उत्साही र आशावादी रहेको समेत बताएका छन् । देश र जनताका अगाडि साह्रै ठूलो चुनौती रहेको बताउँदै यो चुनौतीका अघि सिंगो देश र जनता उभिनुपर्ने बताए ।
प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार