२०८३ वैशाख ५ , शनिबार

उपराष्ट्रपति उम्मेदवार रामसहायविरुद्ध उजुरी दर्ता



काठमाण्डौँ । उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै नेकपा एमालेले उजुरी दिएको छ । उपराष्ट्रपति पदका लागि एमालेबाट उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्य बोहराको प्रतिनिधि एवं सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गरेका हुन् । यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिइएको एमाले सांसद महेश बर्तौलाले जानकारी दिए ।

मालेले उपराष्ट्रपतिमा महिला हुनुपर्ने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै रामसहायविरूद्व उजुरी दिएको हो । जसपाले पुरूष उम्मेदवारमा कानुनी अड्चन आउने आकलनका साथ महिला उम्मेदवारका रूपमा प्रमिलाकुमारी यादवलाई पनि उपराष्ट्रपति उम्मेदवार बनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय दिएको छ । उजुरीमाथि भोलि १२ बजेसम्म छानविन गर्ने समय छ ।

प्रकाशित मिति : २०७९ फागुन २७ गते शनिबार