२०८३ वैशाख ५ , शनिबार

१० मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागी हुँदै



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् । वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्दै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेसमा सहभागी हुने तयारी भइरहेको बताए। ‘कुन–कुन मन्त्रालय लिने र क–कसलाई मन्त्री बनाउने बिषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ । उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै हामी सरकारमा जान्छौँ,’– उनले भने ।

नेपाली कांग्रेसले नौ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब–करिब सहमति भएको उनको भनाइ थियो । आठ दलीय गठबन्धनबाट उपराष्ट्रपतिका लागि तीनजनाको उम्मेदवारी परे पनि अन्तिम समयसम्ममा एकजना उम्मेदवारमा सहमति हुने जिकिर गर्दै उनले यस विषयमा गठबन्धन आबद्ध दलबीच प्रयास भइरहेको बताए। राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल तटस्थ भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै नेता रिजालले राष्ट्रपति पौडेलबाट प्रजातन्त्रको स्थायित्व र संविधानको रक्षा हुने उल्लेख गरे।

प्रकाशित मिति : २०७९ फागुन २९ गते सोमबार