काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते सोमबार विश्वासको मत लिने भएका छन्। चैत ३ गते उपराष्ट्रपतिको चुनाव सकिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका हुन् । त्यसका लागि सरकारलाई समर्थन गर्ने दलहरुसँग छलफल भइरहेको उनले जानकारी दिए । गत पुस १० गते समर्थन दिएको नेकपा एमालेले फागुन १५ गते समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको ६४ दिनमै अल्पमतमा परेका थिए।
प्रकाशित मिति : २०७९ चैत १ गते बुधबार