२०८३ वैशाख ५ , शनिबार

प्रधानमन्त्री कार्यालयको ट्विटरबाट ‘अनावश्यक पोस्ट’



 काठमाडौं । प्रधानमन्त्रीको आधिकारिक ट्वीटरबाट असान्दर्भिक पोष्टहरु रिट्वीट भइरहेको छ । पीएमओ नेपाल नेपालको प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्ट हो । उक्त एकाउन्टबाट वितेको ५ घण्टा आसपासबाट विभिन्न असान्दर्भिक पोष्टहरु रिट्वीट भइरहेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संचिवालयले ट्वीटर ह्यान्डलमा समस्या भएको जनाएको छ । हाल उक्त समस्याबारे प्रविधिकहरुले अध्ययन गरिरहेको बताएका छन् ।

 

प्रकाशित मिति : २०७९ चैत २ गते बिहीबार