
बर्दिया । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतअन्तर्गत बबई बहुमुखी क्याम्पस, गुलरियामा चैत ३ गते हुने स्ववियु निर्वाचन स्थगित भएको । उक्त विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायतर्फ स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले मतदानबाट बञ्चित भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरेकाले निर्वाचन स्थगित भएको बबई बहुमुखी क्याम्पसले जनाएको छ ।
उच्च अदालतले अर्को आदेश नआएसम्म निर्वाचन स्थगित गर्न आदेश दिएपछि रोकिएको बबई बहुमुखी क्याम्सका प्रमुख वीरेन्द्र लम्सालले बताए । चैत ८ गते अदालतले दुवै पक्षका विद्यार्थी नेतृत्वका लागि उच्च अदालतमा छलफलका लागि बोलाएको उनले जनाए । १५ वर्षदेखि निर्वाचन नभएको यस क्याम्पसमा ७ सय ७१ जना मतदाता रहेका छन् । त्रिभूवन विश्वविद्यालयअन्तर्गत जिल्लाका ९ वटा क्याम्पसमा चैत ५ गते स्ववियुको निर्वाचनका लागि तयारी भइरहेको छ ।