२०८३ वैशाख २६ , शनिबार

कर्णालीमा कांग्रेस बर्तमान सरकारको निरन्तरता किन चाहन्छ ?



सुर्खेत १६ कार्तिक

दुई तिहाई मतका साथ नेपालमा तीनै तहका सरकार एकछत्र चलाईरहेको नेकपामा १० रेक्टरको भूकम्प जाने गरि हलचल पैदा भैरहेको छ । कर्णाली प्रदेश सरकारले जनअपेक्षा बमोजिम काम गर्न नसकेको भन्दै नेकपाको संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसंगै यसको ज्वारभाटा काठमाडौंसम्म पुगेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी एकीकरण हुने गरि गत निर्वाचनमा गएपछि वामपन्थी शक्तिले दुनियाँले नसोचेको परिणाम ल्यायो । १ प्रदेश छोडेर वाँकी ६ मा र केन्द्रमा समेत नेकपाले झण्डै दुई तिहाई मतको सरकार संचालन गरिरहेको छ ।

निर्वाचनताका गरेको प्रतिवद्दता वमोजिम दुवै पार्टीको एकता भै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वनेको छ । तर, जुन हिसाबले गत निर्वाचनमा नेकपाले मत प्राप्त गरेको छ, त्यो अनुरुप दुरगामी प्रभाव पार्ने जनप्रिय कामहरु नभएको उक्त पार्टीका नेताहरू नै स्वीकार गर्दछन ।

प्रभावकारिताका हिसाबले कर्णाली प्रदेश सरकारले झनै अलोकप्रियताको पगरी गुथेको छ । ३ वटा आवमा पूर्ण वजेट ल्याएपनि पूजीगत खर्च गर्न नसकेको, वजेटको सर्व–स्वीकार्य मापदण्ड मिचिएको, विनियोजन विधेयक संशोधन गरि पास भएको र मन्त्रीको क्षेत्रमा मात्रै विकास वजेटको ठूलो भाग हालिएको प्रदेश सभा सदस्य धर्मराज रेग्मी वताउछन् ।

सामाजिक न्याय तथा सुशासन समितिका सभापति दानसिं परियार सरकार प्रदेशको समुचित विकास र योजना निर्माण मै असफल वनेको दावी गर्दछन् ।

‘मुख्यमन्त्री र अर्थमन्त्रीले चालू आवमा विकास वजेटको ८० प्रतिशत हिस्सा आफ्नो कव्जामा राखेका छन् । ती ठाउँवाट वजेटको सहि सदुपयोग र कार्यान्वयन हुनै सक्दैन, भएपनि आफुले मन परेको ठाउँमा मात्रै विनियोजन हुन्छ,’ सांसद परियार भन्छन् ।

सरकारलाई वाटोमा ल्याउन नेकपाका प्रदेश सांसदहरूले यसअघि धेरै पटक प्रयास गरेको सांसद राजु नेपाली वताउछिन। उनी भन्छिन्,’ नेकपाका अधिकांश सांसदहरूको मनोभावना विपरीत ल्याएको वजेट सच्याउन संसदीय दलको वैठकमै मुख्यमन्त्री र मन्त्रीहरुलाई र्याखर्याख्ती पार्याै, नेकपाका प्रत्यक्ष निर्वाचित १४ सांसदहरूले वजेट फेल गरिदिने चेतावनी दिएपछि वजेट सच्याएर ल्याउने भन्दै विनियोजन विधेयक संशोधन सहित पास भयो,’ उनले भनिन् । तरपनि सरकार नसच्चिएकोमा उनको चित्त दुखाइ छ ।

नेकपा भित्र घमासान मच्चिरहदा प्रतिपक्ष कांग्रेस भने चुपचाप रमिते वनिरहेको छ । सरकारका हरेक असफलता माथि प्रतिपक्षले प्रहार गर्नुपर्ने संसदीय परिपाटी हो । तरपनि सत्तासीनहरुलाई नै वल–मद्दत पुग्ने गरि भैरहेका गतिविधि प्रती नेकपाका नेताहरु नै आश्चर्य चकित वनेका छन् । केही दिन अघि एक संचार माध्यमलाई अन्तर्वार्ता दिदै कर्णाली प्रदेशका नेता यमलाल कडेलले कांग्रेसको मौनता प्रती गम्भीर प्रश्न उठाएका थिए ।

तर, कांग्रेस निकट एक वुद्दिजिवीले भने आफ्नो पार्टीको रणनीति भएको दावी गरे । कर्णाली सरकारको नेतृत्व नेकपाका ‘सिनियर’ नेताले गर्दा आफ्नो पार्टी ‘व्याक फुट’ मा पर्ने उनको चिन्ता छ । ‘यहि सरकारलाई आगामी निर्वाचनसम्म लग्न सकियो भने कांग्रेसले चुनाव जित्न धेरै मेहनत गर्नु नपर्ला,’ उनले भने, ‘हामीलाई चुनाव जित्न यहि सरकार टिके सजिलो हुन्छ ।’

प्रकाशित मिति : २०७७ कात्तिक १६ गते आइतबार