सुर्खेत १९ कार्तिक
दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ दैलेखकी २१ वर्षीया सुनिता विकको शंकास्पद मृत्यु भएकने भन्दै नेकपाका युवा नेता तथा समाजसेवी तिर्थ सुनारले दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेका छन्।
एकपछि अर्को गर्दै महिला माथि हिंसा भइरहेका छन्। यस घटनामा संलग्न जोकोहीलाई पनि कानुनी कठघरामा ल्याउन जरुरी भएको भन्दै यो घटनामा संलग्न जो कोहीलाई पनि कार्वाही हुनुपर्नेमा उनको भनाई छ।सोमबार बिहान साढे १० बजे बाख्रा चराउन भन्दै घरबाट हिँडेकी सुनिता अर्धनग्न अवस्थामा मृत फेला परेकी छन्।
उनको मंगलबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक(डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए।उनको घर गुराँस गाउँपालिका –१ सेफ्टीमा हो।
श्रीमानसँगको सम्बन्ध राम्रो नभएकाले विगत ६ महिना देखि माइतिको घरमा बस्दै आएको भन्ने खुलेको डीएसपी श्रेष्ठले जानकारी दिए।प्रहरीलाई खबर आएपछि मात्रै घटनास्थलमा प्रहरीको टोली पुगेको डीएसपी श्रेष्ठले बताए। प्रहरीले आवश्यक सोधपुछका लागि उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ।
