२०८३ वैशाख २६ , शनिबार

५ वर्षमा कर्णालीको प्रतिव्यक्ति आय ११ सय डलर पुयाईने



सुर्खेत २० कार्तिक

आगामी ५ बर्षभित्र कर्णालीका नागरिकको प्रतिव्यक्ति आय एक हजार एक सय डलरभन्दा धेरै पु¥याउने प्रदेश सरकारले लक्ष्य लिएको छ ।
प्रदेश योजना आयोगले सार्बजनिक गरेको प्रदेशको पहिलो पञ्चबर्षिय योजनामा पाँच बर्षभित्र कर्णालीको प्रतिव्यक्ति आय ११ सय ४७ डलर पु¥याउने भनिएको छ ।
तर प्रदेश सरकारले योजना कार्यान्वयन गर्नतर्फ ध्यान नदिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । उनीहरुले सरकार यहि ढङ्गले अगाडि बढे लिएका लक्ष्य पुरा नहुने ठोकुवा गर्छन् ।
योजना सार्बजनिक गरिएको एक बर्ष भइसक्दा पनि कार्यान्वयनले गति लिन नसकेको उनीहरुको भनाई छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अर्थशास्त्रको अध्यापन गरिरहेका उप–प्रध्यापक छबिलाल भण्डारीले प्रदेशमा साधनश्रोत परिचालन नगरेसम्म योजना कार्यान्वयन हुन नसक्ने भन्दै सरकार त्यता पट्टि नलागेको बताए ।
उनले प्रतिव्यक्ति आय बढाउन सरकारले अहिले देखाएका क्रियाकलापले कुनैपनि हालतमा नसकिने बताए ।
यस्तै, आर्थिक र योजनाका क्षेत्रमा काम गरिरहेका अन्य सरोकारवालाहरुले योजनाले मात्र जनताको आर्थिक स्थिति बलियो नहुँने बताएका छन् ।
यता, प्रदेश योजना आयोगले भने पञ्चबर्षिय योजनाको लक्ष्य भेटाउन कठिन नरहेको बताएको छ ।
आयोगका सदस्य दीपेन्द्र रोकायले विभिन्न क्षेत्रमा बनाइएका योजना विकासले नै लक्ष्य भेटाउन मद्दत गर्ने बताए ।
उनले योजना कार्यान्वयन असम्भव नरहेको भन्दै पाँच बर्षभित्र नागरिकको आर्थिक स्तर माथी जाने दावी गरे ।
प्रदेश सरकारले जलविद्युत, उद्योग कलकारखाना र हाइड्रो पावर लगायतका क्षेत्रमा लगानी गरी २०२१ सम्ममा कर्णालीको प्रतिव्यक्ति आय १० हजार पु¥याउने योजना बनाएको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक २० गते बिहीबार