२०८३ वैशाख ४ , शुक्रबार

तीन दिन भित्रमा सरकारले पूर्णता पाउछ : उपसभापति खड्का



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी तीन दिन भित्रमा सरकारले पूर्णता पाउने बताएका छन् । आइतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दलहरुसँग संवाद गरिरहेको र तीन दिनभित्रमा सरकारले पूर्णता पाउने बताएका हुन् ।

 

उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार बिस्तारको सम्बन्धमा कसैको असहमति नभएको उल्लेख गरे । सत्तारुढ दलहरुका बीचमा मन्त्रालयको भागबण्डा टुंगिन बाँकी रहेको पनि उनले बताए ।

 

उपसभापति खड्काले गठबन्धन दलका नेताहरुका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय लिने भन्नेमा टुंगो नलागेको दाबी गरे । उनले नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको बताए ।

प्रकाशित मिति : २०७९ चैत १२ गते आइतबार