२०८३ वैशाख ५ , शनिबार

बाजुरामा भुकम्पको धक्का महसुस



काठमाडौं । बाजुरामा भुकम्पको धक्का महसुस भएको छ। बाजुराको साप्पाटा केन्द्रबिन्दु भएको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

 

केन्द्रका अनुसार गएराति १० बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४।३ म्याग्निच्युडको भूकम्प गएको हो। भुकम्पबाट अहिलेसम्म कुनै पनि क्षतिको विवरण भनेको प्राप्त भएको छैन। भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रकाशित मिति : २०७९ चैत १३ गते सोमबार