२०८३ वैशाख ५ , शनिबार

नेपाल टेलिकमका रिचार्ज कार्डहरूको म्याद ४ वर्ष थपियो



काठमाण्डौ । नेपाल टेलिकमको पाँच सय र एक हजारको रिचार्ज कार्डहरूको म्याद थप गरिएको छ। टेलिकमका अनुसार ३१ मार्च २०२३ अन्तिम मिति तोकिएका पाँच सय र हजारका रिचार्ज कार्डहरूको म्याद ४ वर्षका लागि थप गरिएको हो।

 

टेलिकमले सोमबार (१३ चैत) एक सूचना जारी गर्दै ३१ मार्च २०२७ सम्मका लागि म्याद थप गरिएको जानकारी गराएको छ। नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय, बबरमहलले जारी गरिएको सूचनामा ४ वर्ष म्याद गपिएको जानकारी गराएको हो।

सुचना

प्रकाशित मिति : २०७९ चैत १३ गते सोमबार