२०८३ वैशाख ५ , शनिबार

दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी



गायक तथा मोडल दुर्गेश थापा

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीनजनाले आफूलाई कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएका हुन् ।

 

उजुरीमा क्षेत्रीले आफूले लगाइरहेको सुनको सिक्रीसमेत लुछेको उल्लेख गरेका छन् । दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको प्रहरी वृत्त महाराजगञ्जका डिएसपी अंगुर जिसीले जानकारी दिए ।

 

सोमबार छलफलका लागि दुवै पक्षलाई बोलाइएको भएपनि दुर्गेशले आफू बाहिर रहेको भन्दै मंगलबार आउने बताएपछि मंगलबार छलफल गरिने भएको हो ।

प्रकाशित मिति : २०७९ चैत १३ गते सोमबार