२०८३ वैशाख २६ , शनिबार

गाडी मर्मतमा संलग्नता छैन : नेता कँडेल



मंसिर ९, सुर्खेत

कर्णाली प्रदेशसभाका सदस्य एवं नेकपा नेता यामलाल कँडेलले प्रदेशसभा सचिवालयले उपलब्ध गराएको गाडीको मर्मत कार्यमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कँडेलले व्यक्तिगत लाञ्छाना लगाउने गरी सम्पे्रषित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए ।
‘मैले नै मर्मत सम्भार गरी बिल पेश गरेको जस्तो गरी समाचार सम्पे्रषित गरिएको छ, जुन तथ्यमा आधारित छैन्,’ उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘गाडी मर्मत गर्ने तथा बिमाको प्रक्रिया अघि बढाउने काम प्रदेशसभा सचिवालयको हो ।’
प्रदेश मन्त्रिपरिषद् निर्णयमा आधारमा प्रदेशसभा सचिवालयले नेता कँडेललाई बा २ झ ३९७० नम्बरको गाडी उपलब्ध गराएको थियो । उक्त गाडी जेठ ६ गते काठमाडौं जाने क्रममा चितवनमा दुर्घटनामा परेको थियो ।
गाडी मर्मत प्रदेशसभा सचिवालयले गरिरहेको छ । नेता कँडेललाई उपलब्ध गराइएको गाडी सुविधासम्बन्धी विषयमा महालेखा परीक्षकको प्रतिवेदनले बेरुजु देखाएपछि उनले गाडी सुविधा नलिने घोषणा गरेका थिए ।
प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै उनले प्रदेशसभा सदस्यका हैसियतमा कानून बमोजिमबाहेक अन्य सुविधा प्रदान नगर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७७ मंसिर ९ गते मंगलबार