
फाईल तस्बिर
सुर्खेत । देशका पहाडी भू–भागमा आज हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार केही स्थानमा हावाहुरी चल्ने समेत देखिएको छ । देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । आज बिहान सुदुरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ मा मौसम आंशिक बदली छ।
प्रकाशित मिति : २०७९ चैत १४ गते मंगलबार