२०८३ वैशाख ५ , शनिबार

बुबाको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ



दाङ । जिल्लाको बंगलाचुली गाउँपालिकामा श्रीमती र छोराको कुटाइबाट एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार बंगलाचुली २ मर्पेसका ३५ वर्षीय रेशम सुनारको हत्या भएको हो । उनको हत्या मंगलबार राति श्रीमती र छोरामार्फत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।

 

रेशमलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।रेशमले मदिरा सेवन गरेर श्रीमती र छोरासँग विवाद भएपछि उक्त घट्ना हुन पुगेको बताइएको छ ।

 

अहिले मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको जनाइएको छ । घटनाको बारेमा थप अनुसन्धानका लागि ३६ वर्षीया श्रीमती चन्द्रा सुनार र १७ वर्षका छोरा शिवराजलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत १५ गते बुधबार