२०८३ वैशाख ५ , शनिबार

चितवन २ मा श्रेष्ठ र तनहुँ १ मा भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले चितवन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो । यस्तै बैठकले तनहुँ क्षेत्र नं। १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएकाले उपनिर्वाचन हुन लागेको हो ।त्यस्तै बैठकले बारा क्षेत्र नं। २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ । बारा २ मा यसअघि जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति भएसँगै यादवले उक्त ठाउँबाट निर्वाचन लड्न लागेका हुन् ।

प्रकाशित मिति : २०७९ चैत १६ गते बिहीबार