२०८३ वैशाख ५ , शनिबार

आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथ गराउने तयारी छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद विस्तारको तयारी रहेको बताएका छन् । बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद विस्तार गरेर शपथ गराउने प्रयास भइरहेको बताएका हुन् ।

यदि आज मन्त्रिपरिषद विस्तार नभए भोलि बिहान विस्तार गर्ने उनले बताए । उनले एक दुई वटा मन्त्रालय मिलाउन बाँकी भए पनि अरू टुंगिएको बताए । प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको पनि बताए ।

प्रकाशित मिति : २०७९ चैत १६ गते बिहीबार