२०८३ वैशाख ५ , शनिबार

पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षामन्त्री



सुर्खेत । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा लिएर जाने भएका छन् । गृहका लागि निकै ताकेता गरे पनि खड्का रक्षा मन्त्रालय लिएर सरकारमा जान लागेका हुन् । प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने भएका छन् ।

 

‘यस अघिदेखि नै उहाँ उपप्रधानमन्त्रीसहित गृहमन्त्री लिएर सरकारमा जाने तयारीमा हुनुहुन्थ्यो’, देउवानिकट स्रोतले भन्यो, ‘तर गृह माओवादीको भागमा परेपछि उपप्रधानमन्त्रीसहित रक्षामन्त्रालयको उपसभापति खड्का जाने लगभग टुंगो लागिसक्यो । अन्तिम निर्णय हुन मात्रै बाँकी हो ।’

 

सरकार विस्तारमा अन्तिम भागबन्डाका लागि बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । २१ मन्त्रालयमा कांग्रेसले ८, माओवादीले ४, नेकपा एस र जसपाले २–२, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले १–१ मन्त्रालय पाउँदैछन् ।

प्रकाशित मिति : २०७९ चैत १६ गते बिहीबार