पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षामन्त्री

खबरदृष्टि सम्वाददाता १६ चैत्र २०७९, बिहीबार १७:२१

सुर्खेत । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा लिएर जाने भएका छन् । गृहका लागि निकै ताकेता गरे पनि खड्का रक्षा मन्त्रालय लिएर सरकारमा जान लागेका हुन् । प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने भएका छन् ।

 

‘यस अघिदेखि नै उहाँ उपप्रधानमन्त्रीसहित गृहमन्त्री लिएर सरकारमा जाने तयारीमा हुनुहुन्थ्यो’, देउवानिकट स्रोतले भन्यो, ‘तर गृह माओवादीको भागमा परेपछि उपप्रधानमन्त्रीसहित रक्षामन्त्रालयको उपसभापति खड्का जाने लगभग टुंगो लागिसक्यो । अन्तिम निर्णय हुन मात्रै बाँकी हो ।’

 

सरकार विस्तारमा अन्तिम भागबन्डाका लागि बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । २१ मन्त्रालयमा कांग्रेसले ८, माओवादीले ४, नेकपा एस र जसपाले २–२, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले १–१ मन्त्रालय पाउँदैछन् ।

Next Post

एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्डले दिए शुभकामना

१६ चैत्र २०७९, बिहीबार १७:२१
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसईईमा सहभागी विद्यार्थीलाई शुभकामना दिएका छन् । आजदेखि शुरु भएकाे  एसईईमा सहभागी भएका विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै प्रधानमन्त्री प्रचण्डले शुभकामना दिएका हुन् ।   उनले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आआफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा आग्रह पनि गरेका छन् […]
February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728