२०८३ वैशाख ५ , शनिबार

अब कांग्रेसमा फर्किन्न : स्वर्णिम वाग्ले



काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले रास्वपा छोड्र कांग्रेमा नफर्किने दाबी गरेका छन् । रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा वाग्लेले आफूले कथमकदाचित चुनाव हारे पनि रास्वपा नछाड्ने बताएका हुन् ।

 

‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ । म फेरि नेपाली कांग्रेसमा फर्किन्न । मेरो पछाडि फर्किने बानी छैन । गण्डकी प्रदेशको पानी खाएको छु,’ उनले भने । यो देशलाई देखिन लायक बनाउन युवाहरू लाग्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७९ चैत १८ गते शनिबार