२०८३ वैशाख ५ , शनिबार

पानीमा डुबेर बालकको मृत्यु



अछाम । अछामको उनिसैन आर्दलिगाडमा पानी घट्टको कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१२ खप्तडका धिर बहादुर रावलका ५ बर्षिय छोरा इश्वर रावलको पानी घट्टको कुलोमा परेर मृत्यु भएको हो ।

 

२ बालक सँगै खेल्न घट्टको कुलोमा गएका बेला रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले जानकारी दिए । बालक छारे रोगको बिरामी रहेका परिवारले स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७९ चैत १९ गते आइतबार