
सुर्खेत १९, मंसिर
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित भुपेन्द्र मिजारलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
शुक्रबार दिउँसो १२ः०० बजेतिर वीरेन्द्रनगर–९ लाटोकोईली स्थित सिदार्थ टोलमा दैलेख जिल्ला नारायण नगरपालिका स्थायी ठेगाना भई हाल वीरेन्द्रनगर–४ भैरबस्थान डेरा गरी बस्ने बर्ष २० को मिजारलाई शंकास्पद रुपमा हिडिरहेको अबस्थामा प्रहरी निरिक्षक कनकबहादुर शाहीको प्रहरी टोलीले पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा उनले लगाएको जुत्ता भित्रको मोजामा लुकाई छिपाई राखेको अवस्थामा ४ पुडिया लागु औषध ब्राउन सुगर जस्तो देखिने वस्तु फेला पारिएको थियोे । उक्त धुलो पदार्थलाई तत्काल मान्यता प्राप्त तराजुमा नाप तौल गर्दा ४३० मिलिग्राम र पलास्टिक बाहेको नापतौल ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।