२०८३ वैशाख ५ , शनिबार

रवि लामिछानेले गराए उम्मेदवारी दर्ता



काठमाडौँ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार दर्ता गराएका हुन् ।

 

यसअघि भएको निर्वाचनमा लामिछाने विजयी भएका थिए । सर्वोच्च अदालतले लामिछाने अनागरिक भएको ठहर गरेपछि सांसद र मन्त्री पद गुमेको थियो । वैशाख १० गते एकैसाथ तीन ठाउँमा उपनिर्वाचनहुने भएको छ । चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई आफ्नो उम्मेदवारी बनाएको छ । यसअघि भएको निर्वाचनमा चितवन २ बाट लामिछाने विजयी भएका थिए । सर्वोच्च अदालतले लामिछाने अनागरिक भएको ठहर गरेपछि सांसद र मन्त्री पद गुमेको थियो ।

प्रकाशित मिति : २०७९ चैत २० गते सोमबार