२०८३ वैशाख ५ , शनिबार

बैतडीमा जीप दुर्घटना : एक जनाको मृत्यु, ११ घाइते



बैतडी। बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । गणमेश्वरबाट देहिमाडौं आउँदै गरेको से १ ज २९५ नम्बरको जीप सोमबार बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका-५ तिलकपुर भिटामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका-५ मसिनामा बस्ने ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । ब्रेक फेल भएर दुर्घटना भएको उनले बताए ।

 

जीप सडकबाट ७० मिटर तल खसेको बताए । घाइतेहरुको परिचय भने खुलेको छैन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही लगायतका ३० जनाको टोली घटनास्थलमा पुगेको छ ।

प्रकाशित मिति : २०७९ चैत २० गते सोमबार