२०८३ वैशाख ५ , शनिबार

रवि लामिछानेको राहदानी मुद्दाको पेसी भोलि



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा भोलिलाई पेसी तोकिएको छ ।

 

आज न्यायाधीश सिन्हाको इजलासमा परेको सुनुवाइ हेर्न नमिलने भन्दै स्थगित भएको हो । न्यायाधीश सिन्हा यसअघि संवैधानिक इजलासमा लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमाथिको सुनुवाइमा थिए ।

 

सो रिटको फैसलामा लामिछानेको नागरिकता तथा राहदानीको विषयमा आफ्नो धारणा दिनुभएको थियो । सोही कारण उहाँले अहिलेको रिटमाथि आफूले सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : २०७९ चैत २१ गते मंगलबार