
कल्पना हमाल
सुर्खेत २७, मंसिर
गरे के हुदैन र ! निरन्तरको मेहनतले नै मानिसलाई सफलताको शिखरमा पु¥याउन सक्छ । एकपटकको असफलतावाट हार खादा मानिसको जीवन सार्थक नवन्न सक्छ । लगनशीलता र धैर्यतावाटै सफलताको कहानी रचना गर्न सकिन्छ भन्ने उदाहरणीय एक पात्र वनेका छन्, वीरेन्द्रनगर सुर्खेत निवासी ३९ वर्षिय पूर्णवहादुर कुँवर ।
२०३८ सालमा सुर्खेतको वराहताल गाउँ पालिकाको फिनिकाँडामा जन्मेका कुँवर सानै उमेरमा वावुआमा संगै वीरेन्द्रनगर १ को धारापानी भन्ने ठाउँमा वसाई सरी आएका थिए । स्थानीय त्रिपुरेश्वर माध्यमिक विध्यालयवाट अध्ययन सुरु गरेका कुँवरको जीवनमा त्यसपछि ठूलो उतार–चढाव आयो ।
उनले १४/१५ वर्षको उमेर देखि नै व्यापार सुरु गरेका थिए । उनले वीरेन्द्रनगर १ कै देउती थान नजिक पिसिओ र खाध्यको पसल गरेका थिए । उनका वुवा सुर्खेत जिल्लाको पुरानो व्यवसायी थिए । उनले खसीर वाख्रा खरिदबिक्री गर्ने गर्दथे ।
उनी यो व्यवसायवाट सफल वन्न सकेनन् । ठूलो ऋणको भारी वोकेर उनी विदेश हानिए । रेष्टुरेन्टमा वेयटर पदको संझौता गरि मलेसिया गएपनि वेयटरको काम पाएनन् । उनलाई भाडा माझ्ने कामको जागिर मिल्यो । ‘आफ्नो कर्मलाई धिक्कार्दै घर फर्कनु भन्दा भाडा माझेर वस्छु भनेर वसे,’ पुराना दिन सम्झदै उनी भन्छन् ।
६ महिनासम्म उनी भाडा माझेर वसे। भाडा माझ्ने उनको काम देखेर कम्पनी प्रभावित भयो । उनले भाडा माझ्ने काम थालेपछि रेष्टुरेन्टको भाडाकुडा टुटफुट र सावुन र सर्फहरुको निकै वचत हुन थाल्यो। उनलाई ६ महिनापछि कम्पनीले पदन्नोती गर्दै एकैचोटी किचेन सुपरभाइजरमा नियुक्ति दियो । उनको तलव दोव्वरले वृद्धि गरियो । महिनाको नेपाली ३० हजार रुपैयाँ तलव वुझ्दै आएका कुँवरको मासिक ६० हजारौं तलव पुग्यो ।
सुर्खेतवाट ऋणको भारी वोकेर विदेश गएका उनलाई केही समयको विदेश वसाईवाट जीवनमा सुनौलो भविष्य अनुभुत हुन थाल्यो । उनको काम गर्ने तौर–तरिकावाट कम्पनी मालिक प्रभावित वने । मलेसियाकै एक प्राईभेट कलेजमा कम्पनीले उनलाई पढ्न भर्ना गरिदिए । पढाइ र जागिर संगसंगै चल्दै गयो । उनको पदोन्नती हुँदै गयो । उनी ‘कस्टमर सर्भिस अफिसर’ पदमा नियुक्ति भए । उनको मासिक तलव ओभर टाईम र अन्य वाहेक १ लाख पुग्यो ।
उनी १४ वर्ष विदेश वसे । सुरुका तीन वर्ष जति उनलाई सुर्खेतमा लागेको ऋण तिर्न ठिक्क भयो । वाँकी समय कमाएको ६०/७० लाख जति रेमिटेन्सवाट निरन्तर घरमा पठाउदै गए ।
विदेशवाट फर्केपछि नेपालमै काम गर्ने र यतै वस्ने उनले योजना वनाए । सुर्खेतमा मसला व्यवसायको राम्रो संभावना देखेपछि एरोलाईन फूड एण्ड प्याकेजिङ् ईण्डस्टीज नामको कम्पनी खोलेर काम थाले ।
उनको उद्देश्य भारतवाट जीरा मरिच लगायतका मसला सुर्खेत ल्याई कुटानी– पिसानी गर्ने र वेसार, अदुवा, टिंमुर नेपालमै संकलन गरि विक्री वितरण गर्ने उद्देश्य राखेका थिए। एकलट सामान पनि आयो । तर लकडाउनले पुनः भारतवाट सामान ल्याउन सकेनन् । पुरानो स्टक सकिदै गएपछि अर्को व्यवसाय सुरु गर्ने योजना वनाए ।
उनले ढाँकाटोपी व्यवसाय सुरु गर्ने उद्देश्य राखेर काठमाडौंको वालाजुमा २७ थान सिलाई मेसिन किने । यहि विचमा उनले एरोलाईन क्लोथिङ् एण्ड कस्मेटिक नामको कम्पनी दर्ता गरे । लकडाउनको वीचमा २७ जना कपडा सिलाउने मानिस खोजेर ढाँकाटोपी सिलाउन थाले । एकजनाले १ सयदेखि १ सय ५० वटासम्म टोपी सिलाउने गरेको उनले वताए ।
उनले पहिला एउटा टोपी सिलाएको ३५ रुपैया दिने गरेकोमा अहिले २० रुपैयाँ दिने गरेकोखबर दृष्टिसंगको कुराकानीमा वताए । उनले यसवाहेक पनि माला पोतेको व्यवसाय पनि सुरु गर्न थालेका छन् ।
अहिले उनको गार्मेन्ट काठमाडौंमा २७ जना र सुर्खेतमा २० जना कामदार प्रत्यक्ष रोजगारीमा छन् । परिवारका सदस्यहरुले उनलाई व्यापारमा सघाईरहेका छन् । उनले वीरेन्द्रनगर सुर्खेतको वडा नं १० मा रहेको शान्ति नगरमा घरभाडामा लिएर ढाँकाटोपी व्यवसाय गरिरहेका छन् ।
उनले उत्पादन गरेको टोपी अहिले नेपालका २७ जिल्लामा विक्री वितरण भैरहेको छ । मासिक ३० हजार थान भन्दा वढी टोपी उनले थोक तथा फुटकरमा विक्री गर्ने गरेका छन् । सुर्खेत लगायत जुम्ला, दैलेख, सल्यान, जाजरकोटमा टोपीको विक्री वितरण भैरहेपनि पहाडी जिल्लाहरुमा यसको व्यापार राम्रो भएको उनको भनाइ छ । कपडा अनुसार ८० देखि ५०० रुपैयाँसम्ममा थोकमा ढाँकाटोपी वेचिरहेको उनले वताए ।
उनले ढाँकाटोपीको व्यापार सुरु गरेपछि यसको मूल्य पनि घटेको छ । ४/५ तह हुँदै वजारमा सामान आईपुग्दा महङ्गो मूल्य हुने तर आफैले उत्पादन गरेको सामान आफैले वजार पु¥याउदा मूल्य कम भएको कुँवर दावी गर्दछन । उनलाई पार्टटाईम रोजगारी गर्ने अझै २० जना जति कामदार अपुग भएको वताउछन ।
ढाँकाको व्यवसाय राम्रो भएको र सुर्खेतमा नै कपडा तैयार पार्न सकिए रोजगारीका साथै व्यवसाय फस्टाउने उनले वताए ।
उनले जीवनमा खाएको हण्डरले धेरै कुरा सिकेको वताए । विदेश जाँदा आफ्नो परिवार तहस–नहस भएको भन्दै विदेशमा नेपाली हेपिने गरेको दुखेसो पोखे । विदेशमा जतिसुकै ठूलो पद र पैसा भएपनि हेपिएर वस्नु पर्ने उनको भोगाई छ । विदेशमा गएर आफुले समयको महत्त्व वुझेको र जीवन जिउने कला सिकेको वताए ।
जे जस्तो भएपनि विदेशमा परिवार त्यागेर कमाउन जानू वेठिक रहेको उनको वुझाई छ । ’आफ्नो ठाउँ र परिवार छोड्नु हुदैन, ढिलो चाडो प्रगति भैहाल्छ,’ उनले भने ।