२०८३ वैशाख ५ , शनिबार

झलनाथ पनि एमालेमा फर्कनुहुन्छ : नेता न्यौपाने



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) परित्याग गरेका वरिष्ठ नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा नै फर्कने भएका छन्। शनिबार पार्टी परित्यागको घोषणा गर्दै उनले आफू एमालेमा फर्कन लागेको जानकारी गराएका हुन्।

 

आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै उनले देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए। उनले नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबीसमेत गरे।

 

नेता न्यौपानेले सांसद भएकाहरूलाई नौ—नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नजाने दाबी समेत गरे। न्यौपानेले भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा रहेको बताएका छन्।

प्रकाशित मिति : २०७९ चैत २५ गते शनिबार