२०८३ वैशाख ४ , शुक्रबार

दिदिबहिनी शव हत्या अनुसन्धानः सात जना प्रहरी नियन्त्रणमा



रुकुमपूर्व । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्मामा मृत भेटिएका बालिकाहरुको हत्या अनुसन्धानको क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिईएको छ । चैत्र २२ गते सिस्नो टिप्न भनी घरबाट निस्किएका एकै घरका दिदिबहिनी ११ वर्षकी रिना बुढामगर र ९ वर्षकी कालिमाया बुढामगर घर नफर्किएको र उनिहरुको २३ गते बिहान नजिकैको भिरमा शव भेटिएको थियो ।

 

उनीहरुको हत्या गरेर भीरमा फालिएको आशंका गरिएको छ । उनिहरुले लगाएका गर गहना लुटिएकोले लुटपाटका लागि हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । तालिम प्राप्त कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो ।

 

सोही क्रममा दुई जनालाई शंकाको घेरामा राखिएको छ, भने सोधपुछको लागि अन्य ५ जना जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुमपुर्वका प्रहरी नायव उपरिक्षक अन्जना श्रेष्ठले जानकारी दिईन् । उनका अनुसार दुई दिदिबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिबार पोष्टमार्टम गरिएको छ ।

प्रकाशित मिति : २०७९ चैत २६ गते आइतबार