२०८३ वैशाख ५ , शनिबार

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनवाइ आज



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्दालाई जिल्ला अदालत काठमाडौँले आज प्राथमिकतामा राखेको छ ।

 

लामिछानेको मुद्दाको फैसला गरेका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा गत बुधवार सुनुवाइ हुने तय भए पनि कानुन व्यवसायीको अनुरोधमा रोकिएको थियो। पुनः सुनवाइका लागि पेशी तोकिएको भए पनि समयसिमा अभावका कारण गत बिहीबार सुनवाइ हुन सकेको थिएन ।

 

सर्वोच्च अदालतले सो मुद्दाको चाँडो किनारा लगाउनका लागि निर्देशन दिए अनुसार आजै फैसला आउन सक्ने सम्भावना रहेको छ ।  एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

 

सो आदेशसँगै लामिछाने पुर्पक्षका लागि जेल गए पनि पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा छाडेको थियो ।

प्रकाशित मिति : २०७९ चैत २६ गते आइतबार