
फाईल तस्बिर
पोखरा । एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरीमा दुर्घटना भएको छ। आइतबार बिहान सम्पर्कबिहीन भएको एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै दुर्घटना भएको हो।
इटालियन बेसक्याम्पबाट धौलागिरी बेस क्याम्पमा सामान लिएर जानेक्रममा एभरेष्ट एयरको हेलिकोप्टर आज बिहान ११ बजे पल्टिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
तर यसको पूर्ण विवरण आइसकेको छैन । उक्त हेलिकप्टर बेसक्याम्पसमा सामान लिएर पुगेको भनिएको छ । तर यथार्थ विवरण लिने प्रयास भइरहेको सिटौलाले बताए ।
प्रकाशित मिति : २०७९ चैत २६ गते आइतबार