२०८३ वैशाख २६ , शनिबार

वण्डाली सामुदायिक वनमा नेकपा विजयी

मतदान लगत्तै भएको झडपमा दुई घाइते


सुर्खेत २९ मंसिर

बण्डाली सामुदायिक बन उपभोक्ता समिति चौकुने सुर्खेतमा भएको निर्वाचनमा बामपन्थी प्यालन बिजयी भएको छ । निर्वाचन विजयी भएपछि नेकपाले चौकुनेमा आईतवार वाँजागाँजा सहित विजय जुलुसको आयोजना गरेको छ ।
वन समितिको चुनाव भएपनि आम निर्वाचनकै झल्को दिनेगरि क्रियाशील प्रमुख पार्टीहरु खुलमखुल्ला पार्टीगत रुपमा निर्वाचनमा होमिएका थिए । आफ्नो पक्षका उम्मेदवारहरु जिताउन नेपाली कांग्रेस र नेकपाका नेताहरु निर्वाचन अवधिभर चौकुनेमा डेरा जमाएर वसेका थिए ।
सामुदायिक वन भएको वडा नेपाली कांग्रेसको पकड भएको वडा भनेर चिनिन्छ । पूर्वमन्त्री शिवराज जोसीको गृह वडा भनेर चिनिने गरिन्छ । उक्त वडामा कांग्रेस भित्रको अन्तरद्वन्दका कारण गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पद कांग्रेसले गुमाएको थियो भने ४ सदस्य पदमा कांग्रेसले जितेको थियो ।
निर्वाचनमा पार्टीगत रुपमै प्यानल वनाएर निर्वाचनमा जानुलाई कतिपय मानिसहरुले भने वेठिक मानेका छन् । स्थानीय हरिश्चन्द्र थापाले सामुदायिक वनको चुनावमा समेत पार्टीगतरुपमा निर्वाचन हुनु दुर्भाग्यपूर्ण भएको वताए । मिलेर वसेको समुदायलाई यसले विभक्त गर्ने भन्दै चिन्ता व्यक्त गरे । ‘जित्नेलाई हार्ने पक्षले असहयोग गर्ने भएकोले सामाजिक संघसंस्थामा दलीय आधारमा निर्वाचन हुनु वेठिक हो,’ उनले भने ।
दुई पार्टी वीच एकता भएपछि वनेको नेकपालाई सामुदायिक वनको चुनावमा पनि हराउन हम्मेहम्मे परेको थियो। कडा प्रतिस्पर्धात्मक चुनावमा नेकपाले कांग्रेस निकटका उम्मेदवारलाई हराएको थियो । ५ सय ५४ मतदाता रहेको उक्त सामुदायिक बनको शनिबार भएको निर्वाचनमा ४ सय ३ मत खसेको थियो ।
वण्डाली सामुदायिक वन निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा इन्द्रबहादुर सलामीले २ सय ४ मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार जंगबहादुर कामीले १ सय ७० मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा लक्ष्मी सुनारले २ सय १, सचिबमा सीता साउदले २ सय ३, कोषाध्यक्षमा दुर्गा बुढाले १ सय ९६, सह–सचिवमा गोबिन्दप्रसाद सापकोटाले १ सय ९७ मत ल्याएर बिजयी भएका छन् ।
यसैबीच शनिबार मतदान सम्पन्न भएपछि मतगणना स्थलमै दुई पक्षवीच झडप भएको छ । झडपमा नेकपा निकट दुई युवा घाइते भएका छन् । झडपमा दीपक वयक र वडा नं ५ का वडा सदस्य प्याउरी वुढाका छोरा घाइते भएका छन् । वडा सदस्यका छोराको टाउकोमा ६ वटा टाँका लगाईएको छ ।

प्रकाशित मिति : २०७७ मंसिर २९ गते सोमबार